कोहलपुर ।
बाँकेको कोहलपुरमा जारी स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितमा सोमबार भएको खेलमा नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगञ्ज र होलिल्याड उच्च मावि नेपालगन्ज विजयी भएका छन् । प्रस्तावित कोहलपुर अन्तरास्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टाइगरले नेपालगञ्ज क्याम्पसलाई २६ रनले पराजित गरेको थियो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको टाइगरले १४ ओभरमा २ बलमा अल आउट हुँदै ७१ रन बनायो ।
उसका लागि अफाक शेखले १२, अजय शाहनीले ११ रन बनाउनु बाहेक अन्यले दोहोर अंक समेत छुन सकेनन् । नेपालगञ्ज क्याम्पसका बलर प्रतीक गिरिले ५, अफजल खानले ३ तथा आकाश विस्टले २ विकेट लिए । जवाफी व्याटिगमा आएको नेपालगञ्ज क्याम्पसले १३ ओभरमा अल आउट हुँदै मात्र ४५ रन बनाउन सक्यो । उसका लागि सोम शर्माले २१ रन जोड्न सके । टाइगरका बलर अमर सिंह रौटेलाले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए भने अजय साहनि र सिद्धांत राज शाहीले बराबर २÷२ बिकेट लिए । खेलमा टाइगरका अजय म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा होलिल्याडले जेगवार स्पोर्टस क्लबलाई ५ विकेटले पराजित गरेको थियो । खेलमा पहिला व्याटिग गरेको जेगवार स्पोर्टस क्लबले २० ओभरमा ८ बिकेट गुमाउँदै ७४ बनाएको थियोे ।
उसका लागि अबदुला अन्सारीले २५, इमरान आलमले १३ रन जोडे । होलिल्याडका बलर सहिद अन्सारीले ४ र अनिमेश शाहीले १ विकेट लिए । जवाफी व्याटिगमा आएको होलिल्याडले १० ओभर ५ बलमा ५ विकेट गुमाएर विजयी लक्ष्य भेटायो । उसका लागि प्रनित थापा मगरले १६, रितिक विस्टले १५ रन जोडे । जेगबारका जानू कसगरले २ बलर विकेट लिए । होलिल्याडका शाहिद अन्सारी म्यान अफ द म्याच घोषित भएको प्रतियोगिताको संयोजक सरोवर प्रसाईले जानकारी दिए । प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम् प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगञ्ज क्याम्पस, नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताए । प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्