ब्राउन सुगरसहित आठ पक्राउ



दाङ ।

दाङमा लागुऔषध ब्राउन सुगरसहित छुट्टाछुट्टै ठाउँबाट आठ जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–१४ बसपार्क नजिकैबाट प्रहरीले ब्राउन सुगरको कारोबार गरिरहेका घोराही–१३ बस्ने विशाल पुन मगर, विशालसिंह नेपाली, महेश वली, आलोक डाँगी र प्रवीण वलीलाई पक्राउ गरिएको हो ।

उनीहरूबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । घोराहीकै बाह्रकुने दह नजिकैबाट रुकुमपश्चिम बाफेकोट गाउँपालिका– ७ का ३३ वर्षीय शेरबहादुर खत्री, रुकुमपूर्व भुमे स्वायत्त गाउँपालिका–१ का २८ वर्षीय तपजित घर्तिमगर र दाङ घोराही उपमहानगरपालिका–१३ का २६ वर्षीय अविनाश थापालाई पक्राउ गरेको छ ।

उनीहरूबाट प्रहरीले ३० ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका आठ जनाविरुद्ध लागु औषध (नियन्त्रण) ऐन बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरिएको दाङ प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार