लागुऔषध विरुद्ध कार्यक्रम



कोहलपुर ।

बाँकेको कोहलपुरमा दृष्टीविहिन विद्यार्थीलाई लक्षित गरेर लागुऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ ।

‘हाम्रो आवाज लागू औषध दुव्र्यसन मुक्त समाज’ भन्ने नाराका साथ शनिबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

त्रिभुवन माध्यामिक विद्यालयका ७५ जना दृष्टीबिहिन विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम गरिएको आयोजक समाज सेवा संस्था नेपाल संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीर बहादुर थापा र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले विद्यार्थीहरुलाई लागूऔषध बारे जानकारी दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार