दुर्घटनामा मृत्यु



कोहलपुर ।

बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार शनिबार बिहान १ बजेतिर कोहलपुर चौराहामा भे ८ प ९६७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार कोहलपुर ११ का २६ वर्षीय अर्जुन खत्रीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय निराजन खत्री गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार