बाँसगढी ।
नागरिक समाज सञ्जाल बाँसगढीले सिमा विवाद बारे नगरप्रमुख मार्फत प्रधानमन्त्री ध्यानाकर्षण पत्र बुझाएको छ । सञ्जालले बाँसगढी नगरपालिकाकाका प्रमुख सालिकराम अधिकारी मार्फत सिमा समाधानको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नागरिक समाज सञ्जाल बाँसगढीका संयोजक प्रेम प्रसाद शर्मा सहितको टोलीले सिमा अतिक्रमणका विषयमा गम्भिर हुन आग्रह गरेको छ । संयोजक शर्मा द्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा सन् १८१६ को सुगौली सन्धीको धारा ५ मा काली नदीको कुरा उल्लेख गरिएको छ । सोही नक्सामा लिम्पियाधुरा बाट निस्किएको नदीलाई काली नदी भनेर प्रष्टसँग उल्लेख गरिएको छ । त्यो नक्सालाई मान्दा लिपुलेक कालापानी सबै नेपाल कै ठहर्ने दाबि गरिएको छ ।
सुगौली सन्धिको मर्म र त्यस लगत्तै बनेका नक्साहरुले भनेको कुराको आधारमा नेपाल र भारतका सीमा विवादहरु निरुपण हुनुपर्छ । सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख शालिकराम अधिकारीले ध्यानाकर्षण पत्र प्रधानमन्त्री सचिवालयमा पुग्ने गरी पढाउने प्रतिबद्धता जनाएका थिए । उनले ध्यानाकर्षण पत्र सिंगो देशबासीको चासोको बिषय भएकाले स्थानिय सरकारको पनि ऐक्यबद्धता रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्