दुर्घटनामा मृत्यु



बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका–३ को हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय मोटरसाइकल चालक राजेश यादव रहेका छन् ।

खैरापुरदेखि गुलरियातर्फ आइरहेको भे ४ प ७२१७ नम्बरको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । तिव्र गतीका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ६ गते शुक्रबार