नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । बाँके जिल्लाको तेस्रो तहको रुपमा सडक मानवमुक्त घोषणा गरिएको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगञ्ज उप–महानगरपालिका कार्यबाहक प्रमुख उमा थापा मगरले संयुक्त रुपमा घोषणा गरेका थिए ।
घोषणा सभामा सामाजिक विकास मन्त्री बरालले कुनैपनि नागरिक अभिभावकविहिन भएर सडकमा बाँच्नुपर्ने अवस्था अन्त्यका लागि सरकार लागिपरेको भन्दै अभिभावक विहिनको अभिभावक सरकार भएको बताए । उनका अनुसार प्रदेशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी भईरहेको
छ । नेपालगञ्ज उप–महानगरपालिकाका कार्यबाहक मगरले २०७३ सालदेखि सहयोगापेक्षी, सडक मानवमुक्त उप–महानगरपालिका बनाउने उद्धेश्य अनुसार लागि परेको बताईन् ।
उपमहानगरमा रहेका हरेक असहाय नागरिकको उद्धार, औषधोपचार, पालनपोषण, खाना,नाना, छानासँगै बालबालिकाको अध्ययन अध्यापन जस्ता क्रियाकलाप गरिरहेको उनको भनाई थियो । कार्यक्रममा सहयोगी संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । घोषणा कार्यक्रम अघि नेपालगञ्जमा ¥याली प्रदर्शन भएको थियो । यस अघि बाँकेका खजुरा गाउँपालिका र कोहलपुर नगरपालिका सहयोगापेक्षी मानव मुक्त स्थानीय तह घोषणा भईसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्