नेपालमा पहिलो पटक संघियता कार्यान्वयनको चरणमा छ । शक्ति विकेन्द्रीकरणको सिद्धान्तमा आधारित भएर संघीय शासन लागु गरिएको हो । लामो समयको त्याग, तपस्या र बलिदानी प्रश्चात नेपाली जनताले केन्द्रीत सत्ता बिकेन्द्रीकृत भएको छ । सडक देखि सदन सम्म निकै उत्साहका साथ संघियता कार्यान्वयनमा आएको थियो । सोही अनुसार तीन तहका सरकार समेत सञ्चालनमा रहेका छन् । त्यसको सबै भन्दा नजिकको सिंहदरबार हो स्थानीय सरकार । जनताको घरदैलोको सरकारको रुपमा स्थानीय सरकार रहेको छ । तर जनअेपक्षा अनुसार काम गर्न नसकेको भन्दै केन्द्र देखि स्थानीय सरकारको व्यापक विरोध भईरहेको छ । जनप्रतिनिधि प्रति जनताको वितृष्णा बढ्दो क्रममा रहेको छ । यस बीचमा जनप्रतिनिधिका कार्यशैली, प्रवृत्ति र व्यवहारलाई लिएर जनता आक्रोसित छन् ।
जनताको नयाँ जनमत पाएर निर्वाचित जनप्रतिनिधिमा जनताका लागि केही गरेर देखाउने हुटहुटी भने देखिन्छ । उनीहरु नयाँ काम गर्ने कोशिसमा देखिन्छन् । स्थानीय सरकार आफैमा स्वयत्त छन् । नयाँ काम गर्न खोज्दा ढंग नपुगेपछि आलोचित हुनु पर्ने प्रशस्त उदाहरण छन् भने केही मात्रमा स्थानीय सरकारको तर्फबाट राम्रा काम समेत नभएका भने होईनन् । देशभर नयाँ कार्यक्रमको घोषणाको लहर नै चलेको भन्दा अतियुक्ति नहोला । तर अरुको लहटमा लागेर घोषणा गरिएका कार्यक्रमले प्रतिफल बन्दा पनि प्रतिकुल असर पार्ने देखि स्वयम् जनप्रतिनिधि नै बदनाम हुनु परेको घटना प्रसस्तै छन् । भने केही महत्वपुर्ण मानिएका घटनाहरुको घोषणा मै सिमित छन् । प्रभावकारी कार्यान्वयनमा आउन नसकेको छैनन् । भने जनताको अपेक्षा समेत पुरा हुने सकेको छैन ।
यि र यस्तै कारणले देशभर स्थानीय सरकार प्रति स्थानीय जनताको व्यापक रुपमा गुनासो बढ्दै गईरहेको छ । यस्तै बाँकेमा रहेका स्थानीय तहहरुमा नयाँ नयाा कार्यक्रम घोषणाको मामिलामा पछाडी छैनन् । स्थानीय तह कार्यान्वयन देखि अहिले सम्मको यात्रामा एक किसिमको होडबाजी जस्तै छ । ति मध्ये कोहलपुर नगरपालिका पनि एक हो । महत्वुपर्र्ण चार वटा कार्यक्रम निकै तामझामका साथ घोषणा गरेको छ । खुल्ला दिशामुक्त, गुट्खा रहित र साक्षर नगरका रुपमा घोषणा गरिएको छ । यस्तै सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका समेत घोषणा भयो । तर घोषणा मात्रै नभई कार्यान्वयनको समेत निकै जरुरी देखिन्छ । सस्तो लोकप्रियता भन्दा पनि घोषणा कार्यान्वयनमा तदारुक्ता देखाउनु अहिलेको आवश्यकता हो । घोषणा कार्यान्वयनमा ध्यान दिनुपर्छ । यस्ता सामाजिक कार्यमा सबैको सहयोग अपरिहार्य हुन्छ ।









प्रतिक्रिया दिनुहोस्