कोहलपुर ।
कोहलपुर–लमही सडक खण्डको राप्तीसोनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा अनेरास्ववियूका एक नेताको मृत्यु भएको छ । बिहीबार राती कोहलपुरबाट काठमाडौंतर्फ गइरहेको बा ५८ प २१८६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा १९ च १२१४ नम्बरको कार एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कनकासुन्दरी गाउँपालिका ५ जुम्लाका पदम बहादुर शाही रहेका छन् ।
उनको उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार नविना शाही घाइते भएकी छिन् । मृतक शाही साविक अनेरास्ववियू (क्रान्तिकारी) का राष्ट्रिय सम्मेलन आयोजक समिती रहेका थिए भने हाल अनेरास्ववियूका केन्द्रिय नेता हुन् । उनी मोटरसाइकलमा जुम्लाबाट काठमाडौं फर्किदै थिए ।
ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । दुवै सवारी साधन तिव्र गतीमा रहेका कारण उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्