चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत मै क्षमता भन्दा बढि यात्रु बोक्ने समस्याका कारण उभिएर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । सुर्खेतबाट बाहिरीने र भित्रिने सवारीमा क्षमता भन्दा बढि यात्रु बोक्ने गरेका कारण यस्तो समस्या रहेको हो । दसैं,तिहार र छठ सकिए संँगै अहिले राजधानी छिर्नेहरुको लर्को हुने गरेको छ । यो समयमा सुर्खेतबाट बाहिरीने भन्दा भित्रिने सवारीमा उभिएर यात्रा गर्नु पर्ने बाध्यता रहेको यात्रुहरु बताउँछन् । बाजुराबाट सुर्खेत अध्ययनको लागि आएका भरत महताराले बाजुराबाट सुर्खेत सम्म उभिएरै यात्रा गर्नु परेको बताए ।
उनका अनुसार गाडीवालाहरुको मनपरीका कारण यात्रुहरुले निकै कष्ठकर यात्रु गर्नु पर्ने बाध्यता रहेको छ । जुम्ला, मुगु, कालिकोट, अछाम, दैलेख जिल्लाबाट सुर्खेत, बाँके र काठमाडौं जानुपर्ने यात्रुले सोचेको जस्तो यात्रा गर्न नपाउँदा हैरानी व्यहोर्दै आइरहेका छन् ।
सुर्खेतको तातापानी घर भएका राजकुमार शाहीको पनि काठमाण्डौँ जानका लागी बिहान ७ बजे घरबाट हिडे । केही बेरमा बाबियाचौर पुगे त्यहाँ बाट सुर्खेत पुग्न बसमा उभिएरै आएपनि सुर्खेतमा काठमाण्डौका लागि ५ दिन सम्मको टिकट नपाएपछि उनी उचिएरै रै भएपनि १६ सय भाडा तिरेर काठमाण्डौ जाने निर्णय गरेको बताए । चाडपर्वका बेला यात्रुको आवतजावत बढी हुने र यात्रुको अनुपातमा बसको उपलब्धता नभएका कारण हरेक वर्ष यात्रुले सास्ती भोग्दै आएका छन् ।
सडकको नाजुक अवस्थाले यात्रुलाई झनै अप्ठ्यारो पार्ने गरेको छ । दैलेखको आठबीस–४ राकम कर्णालीका ललित माझी भन्छन्, ‘वर्षा लाग्यो कि पहिरोले राजमार्ग अवरुद्ध हुने, हिउँदमा धुलाम्य सडक हुने, गाडी बिग्रेर बीच बाटोमा नै अलपत्र पर्ने रोग ने भएको उनको भनाई छ । प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकार के गर्दैछन् ? हामीलाई थाहा छैन ।’ देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्काले यातायातका साधन अभाव भएका कारण चाडपर्वमा समस्या देखिएको बताए ।
‘गाडी चल्ने बसपार्कबाटै यात्रु भरिएर आएका हुन्छन्, टाढा जाने यात्रु भरिएका हुन्छन,’ उनले भने, ‘बाटोको अवस्था नाजुक भएका कारण पनि बढी यात्रु ल्याउन नमिल्ने र यात्रुले कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका कार्यलय प्रमुख प्रहरी निरीक्षक उदय सिंजापतीले सवारीमा सिट क्षमता भन्दा बढि यात्रु राखेर संचालन गर्ने सवारी धनीलाई यात्रु झारेर कारबाही गरीने बताए । त्यसका लागि सुर्खेतका बिभिन्न क्षेत्रमा सवारी चेक जाँच तीव्र पारीएको जानकारी दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्