कोहलपुर ।
सुधन बुढाथोकी आफ्नो २४ औं जन्मदिनको अवसरमा बृद्धाबृद्धलाई सहयोग गरेका छन् ।
दुःख सुःख साट्ने र समाजमा रहेका युवा पुस्तालाई समाज सेवाप्रति मार्गनिर्देश गर्ने उद्देश्यले आफ्नो जन्मदिनमा निलसागर सेवाश्रम नेपालगञ्ज बाँकेमा मनाएको सुधन बुढाथोकीले बताए ।
जन्म दिनमा छरछिमेक, साथीभाई लगायत आफन्तलाई घर, होटलमा पार्टी भोज खुवाउँदा सुर्चिलो हुन्छ उनले भने सामाजिक सेवामा केही रकम सहयोग गर्दा युवापुस्ताको विचार सोचमा परिवर्तण हुन सक्छ ।
आफुले पहिले देखि नै सामाजमा दिनदुःखी असाहय बालबालिका र साहराविहिन बृद्धाबृद्धलाई सेवा गर्ने लक्ष्यका अगाडी बढिरहेको उनको भनाई थियो ।
उनले ५ हजार १ सय रुपैया बराबर निलसागर सेवाश्रमका अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेका थिए ।
शहरी विकास स्वास्थ्य केन्द्रमा बुढाथोकी इचार्जको रुपमा काम गर्दै आएका छन् ।
प्रकाशित मिति : २०७६ कात्तिक १६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्