बाढी पिडितलाई राहत



बर्दिया ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ र ८ का बाढी पिडितहरुलाई राहत वितरण गरीएको छ । असोज पहिलो हप्ता परेको अविरल बर्षाको कारण बाढीबाट पुर्ण क्षती भएका २८ घरपरिवारलाई राहात प्रदान गरिएको हो । उनीहरुलाई १८÷२४ साईजको त्रिपाल सहित नगद ३ हजार रुपैयाँ प्रदान गरिएको थियो । बढैयाताल गाउँपालिका ४ मा १८ घरपरिवारलाई राहत प्रदान गरिएको वडा अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी वडा नम्बर ८ मा १० घरपरिवार बाढी पिडितहरुलाई त्रिपाल र नगद गरी एक घरपरिवारलाई रु ६ हजार बराबरको साम्रगी दिइएको वडा अध्यक्ष सुन्दर मान श्रेष्ठले बताए । उनका अनुसार दोश्रो चरणमा आंशिक र सामान्य क्षति भएकाहरुलाई केही सहयोग गरिनेछ । बाढि प्रभावितहरुले भने अन्य सामग्रीहरु दिनुभन्दा पनी घर बनाउनको लागि इट्टा किनेर दिएको भए प्रभावकारी हुने बताए ।

बढैयाताल गाउँपालिकाले सबै वडा भित्रका बाढी पिडितहरुलाई दैविक उद्वार कोषबाट राहत वितरण गरेको थियो । राहात वितरण कार्यक्रममा बढैयाताल गाउँपालिकाका सम्बन्धित वडाका जनप्रतिनिधी, कर्मचारी, रेडक्रस, स्थानीय राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रबार