रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बर्दियाको बारबर्दियामा मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शदाशिव बचत तथा ऋण सहकारी संस्था जयनगरको आयोजनामा भएको प्रतियोगितामा युवक मावि दुद्धधाका ज्वाला बैलकोटी र तुल्सी बैलकोटी प्रथम भएका छन् ।
त्यस्तै जनजोति मावि बनगाँईका सुमी केसी र टिकाराम बिष्ट द्धितिय, भानुभक्त मावि सिउनीयाका रेखा भण्डारी र गोपाल वली तृतिय भएका छन् ।
त्यसैगरी अंशुवर्ता मावि जयनगरका लेखनाथ पौडेल र आरती सापकोटा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमशः ५ हजार ४ हजार, ३ हजार र २ हजार पुरुस्कार तथा प्रमाण पत्र दिईएको थियो । प्रतियोगितामा सहभागि विद्यालयलाई ५ सय नगद तथा सहभागि प्रमाण पत्र समेत दिईएको बारबर्दिया नगरपालिकाका नगर प्रवक्ता दुर्गा बहादुर विश्वकर्माले जानकारी दिए ।
प्रतियोगितामा बारबर्दिया नगरपालिकाका ७ वटा मावि विद्यालयका छात्र छात्रा गरी २÷२ जनाको सहभागिता रहेको थियो । सहकारी संस्थाका अध्यक्ष दत्त प्रसाद अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा बारबर्दिया नगरपालिका आर्थिक विकास समिति संयोजक दुर्गा बहादुर विश्वकर्मा, बिभिन्न विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्