शौचालयको उद्घाटन



कोहलपुर ।

बाँकेको नेपालगञ्जमा नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय आइतबारदेखि सञ्चालनमा आएका छन् । भेरी अस्पताल अगाडी र जिल्ला सहकारी संघको अगाडी निर्माण गरिएका सार्वजनिक शौचालयको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले उद्घाटन गरेका थिए ।

नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य विकासका लागि नगर सरसफाई योजना अन्तर्गत ८१ लाख १६ हजार रुपैयाँमा निर्माण गरेका तीनवटा सार्वजनिक शौचालय उद्घाटनसँगै सञ्चालनमा आएका छन् । नयाँ शौचालय अपांगता मैत्रीसँगै स्नानघरको समेत सुविधा रहेको छ ।

आधुनिक शौचालयको उद्घाटन गर्दै नगर प्रमुख डा. राणाले नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय विदेशी मापदण्ड अनुसारका रहेको भन्दै यसको सहि सदुपयोगका लागि सबै नागरिकसँग आग्रह गरे । उनले धम्बोझीमा निर्माण भईरहेको अत्याधुनिक शौचालय पनि निर्माण पुरा हुनासाथ सञ्चालन गरिने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ६ गते सोमबार