वृद्ध मृत फेला



कोहलपुर ।

बाँकेको कोहलपुरमा बिहीबार एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका १३ मा रहेको रामजानकी सामुदायिक वन नजिकै भेटिएको शवं भेटिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शवं कोहलपुर १० मन्नापुरका चक्कर रावतको रहेको छ । ८० वर्षिय रावतको शव नजिकै सल्फासको बोत्तल समेत भेटिएकाले रावतले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पोष्टमार्टमपछि मृतकको शव बिहीबार नै परिवारको जिम्मा लगाएको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रबार