जुम्ला ।
कालिकोट जिल्लाको तिला गुफा नगरपालिका एकनाग्म बजारदेखि जुम्लाको खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा जुम्ला सिँजा गाउँपालिका १ का वर्ष ३५ का नन्दबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी लालबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार ना ३ ख ७६६४ नम्बरको बस रोकिराकेको अवस्थाबाट एक्कासी गुडेपछि दुर्घटना भएको हो । बस नाग्म जुम्ला जोड्ने बेलिब्रिजमा पुगेर ठोक्किएको छ। बेलिब्रिज नजिकैको टहरामा ठोक्किएर बस नअडिएको भएर हिमा खोलामा पुग्ने प्रत्यक्षदर्शी बताउँछन् । घाइते पाँचै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ । गाडी साहु सुरज नेपालीले आफै बस चलाउँदै आएका थिए । उनी फरार रहेको प्रहरीले जनाएको छ । पुलमा तेस्रो लागेको बस हटाउन यात्रुले सरकारी संयन्त्रलाई आग्रह गरेका छन् । दुर्घटनास्थल जुम्ला खलंगादेखि झण्डै ३२ किलोमिटर टाढापर्छ ।









प्रतिक्रिया दिनुहोस्