देश संघिय संरचनामा गइसकेको अवस्था रहेको छ । राज्यका तीनै वटा सरकारको बजेट कार्यान्वयनको अवस्था हेर्ने हो भने पनी सन्तोषजनक देखिन्न् । सात प्रदेशमध्ये सबैभन्दा पछाडि परेको भनिएको कर्णाली प्रदेशले पनी बजेट कार्यान्वयन हुन सकेको छैन । कर्णाली प्रदेश सरकारले गत आर्थिक बर्ष २०७५÷०७६ मा स्वास्थ्य क्षेत्रमा विनियोजित करोडौँ रकम खर्च गर्न सकेन । प्रदेशभर करिब ३ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरु रहेको कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा केन्द्र र प्रदेश सरकारको गरी ६७ करोड ९ लाख ३९ हजार रकम खर्च गर्न नसकी फ्रिज हुन पुग्यो । कर्णालीका जनताहरुले सिटामोल नपाउँदा करोडौं रुपैयाँ खर्च गर्न नसक्नु विम्डवना मान्नुपर्छ ।
स्वास्थ्य क्षेत्रको लागि रकमको एकतिहाई मात्र खर्च गरेको छ । कर्णाली प्रदेश सरकारको ६३ करोड ९४ लाख ५० हजार र केन्द्र सरकारको सशर्त अनुदान ४० करोड गरि १ अर्ब ३ करोड ९४ लाख ५० हजार बराबरको रकम कर्णालीको स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि विनियोजित गरिएको थियो । अहिले स्थानीय सरकार सँगको सहकार्यका स्वास्थ्य सम्बन्धीका कार्यहरु हुने गर्दछन् । प्रदेश सरकारका जिम्मेवार व्यक्तिले यस्तो दाबी गरिरहँदा हिजोआज कर्णाली प्रदेशका दुर्गम जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव हुने गरेको पाईएको छ । अहिले कर्णाली प्रदेशका भाइरल ज्वरोका बिरामीहरु निकै बढेका छन् । प्रदेशका १० जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीहरुले सास्ती खेप्नु परेको छ । महाशाखाले स्थानीय तहसँग समन्वय गरी औषधी खरिद गर्ने गरिएको भन्दै सबैभन्दा अभाव हुने हिमाली जिल्लाहरुलाई मध्यनजर गरी औषधी स्टक राखिएको बताएको छ ।
तर दैलेख, जाजरकोट, कालिकोट लगायतका जिल्लाहरुमा भने औषधीको अभाव यथावत नै छ । न त भएका अपस्तालहरुमा विशेषज्ञ डाक्टरहरु नै रहेका छन् । आफ्ना प्रदेश तथा देशका मानिसहरु सिटामोलसम्म नपाएर मर्नुपर्ने अवस्था हुनुभन्दा सरकारले बजेट कार्यान्वयनमा ध्यान पु¥याउनुपर्छ । बजेट खर्च कम हुने समस्या भने स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा मात्र होइन अन्य मन्त्रालयहरुको पनी कम छैन । सरकारका तीनै वटा निकायले अब आर्थिक बर्षको बजेट खर्च बढाउनको लागि बिशेष कार्ययोजना ल्याएर नै अगाडि बढ्नुपर्ने अवस्था देखिसकिएको छ । आर्थिक बर्षको अन्त्यमा बजेटको खर्च गर्ने मामिलामा खोलो नै बगाउने प्रवृद्विले देशको विकास फेरी पछाडि त धकिलिने नै छ । त्यसैले बजेट खर्च समयमा नै गर्न सके एकातर्फ देशमा विकासले फन्को मार्नेछ भने अर्कातर्फ जनताले सेवा सुविधा पाउँनेछन् ।









प्रतिक्रिया दिनुहोस्