नेपालगञ्ज ।
बाँके नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने गराउने सन्दर्भमा स्थानीय प्रशासनसँग सधै सहकार्य र समन्वय गरिरहेको दाबी गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीको स्वागतमा उपमहानगरपालिकाले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
प्रमुख राणाले स्थानीय प्रशासनसँग आगामी दिनमा पनि सहकार्यका लागि उपमहानगरपालिका सधै तयार रहेको बताए । नेपालगञ्जको संवेदनशिलतालाई सधै ख्याल गर्न सुझाव दिदै उनले उपमहानगरपालिका स्थानीय प्रशासनसँग सहकार्य र समन्वयका लागि सधै तयार रहेको दाबी गरे । प्रमुख जिल्ला अधिकारी खड्काले शान्ति सुरक्षाको सवालमा कुनैपनि सम्झौता नहुने बताए । उपमहानगरपालिकाले गरेको स्वागतले काम गर्ने हौसला बढेको भन्दै उनले यसले जिम्मेवारी पनि बढाएको दावी गरे ।
‘म आफु पनि भ्रष्ट्राचार गर्दिन, मेरो क्षमताले भ्याए सम्म गर्न पनि दिन्न, प्रजिअ खड्काले भने, ‘मलाई यसमा निरन्तर खबरदारी गर्नुस् ।’ बाँकेका प्रमुख प्रहरी उपरीक्षक वलीले प्रहरीको एकल प्रयासले मात्रै शान्ति सुरक्षा हुन नसक्ने भन्दै सहकार्य जरुरी रहेकोमा जोड दिए । उनले तस्कर घुसघोर र गुण्डागर्दीसँग आफुले कुनै सम्झौता नगर्ने भन्दै स्थानीय सरकारको साथको अपेक्षा गरे । कार्यक्रममा नेपालगञ्जका प्रमुख राणा, उपप्रमुख मगर, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत कर्मचारीले प्रमुख जिल्ला अधिकारी खड्का र एसपी वलीलाई स्वागत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्