एफवानसफ्ट ग्रुपद्वारा एक करोड ३५ लाख रूपैयाँँ सहयोग



काठमाडौँ।

एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कूल १ करोड ३५ लाख रूपैयाँँ सहयोग गरेको छ ।

कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरूसँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पु¥याउने उद्देश्यले यो योगदान गरिएको ग्रुपले जनाएको छ । यससँगै, फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफवानसफ्ट ग्रुप हार्दिक आभार व्यक्त गरेका छ । ग्रुपका अनुसार हालसम्म इसेवाका एक लाख २९ हजार १३ प्रयोगकर्ताले रु. ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका आठ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले रु. २ अर्ब १९ करोड सहयोग गरेका छन् ।

फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ । भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्ट मार्फत १९ हजार ८५८ प्रयोगकर्ताले रु. ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत दुई ९६५ प्रयोगकर्ताले रु. १ करोड ६३ लाख सहयोग गरेका ग्रुपले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार