युरिया मल बरामद



कोहलपुर

बाँकेको कोहलपुरबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवस्थामा अवैध रासायनिक मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले २० क्यून्टल बेवारिसे अवस्थामा रहेको युरिया मल बरामद गरेको हो ।

नेपालगञ्ज देखी सुर्खेत लिदैं गरेको अवस्थामा अवैध मल बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । आकस्मिक चेक जाँचका क्रममा भन्सार छली अबैैैध चोरी पैठारी गरिएको बेवारिसे अबस्थामा रहेको मल कोहलपुर ११ बाट बरामद गरिएको उनले बताए ।

बजारमा रासायनिक मलको अभाव भएपछि भारतबाट चोरी पैठारी गरेर ल्याउने क्रम ह्वात्तै बढेको हो । भारतसँगको खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले ल्याएको मल बाँके बर्दियाबाट पहाडि जिल्लाहरुमा जाने गर्दछ । बरामद गरिएको अवैध युरिया मललाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २१ गते शनिबार