कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको डाइनामिक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह परिक्षण गरिएको छ । आपत्तकालिन अवस्थामा विद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षा होस् भन्ने उद्देश्यले रक्त परिक्षण गरिएको हो । ८ सय ४४ जना विद्यार्थीको रक्त समूह परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार कक्षा ११ मा अध्ययनरत ५ सय ५ र १२ मा अध्ययनरत ३ सय ३९ जना विद्यार्थीको रक्त परिक्षण गरिएको थियो ।
उनले आपत्तकालिन रुपमा विद्यार्थी दुर्घटनामा परेमा, सामान्य चोटपटक लागेको बेला सजिलो होस भनेर परिक्षण गरिएको जानकारी दिए । विद्यार्थीहरुलाई उनीहरुको रक्त समूहको कार्ड समेत प्रदान गरिएको रेग्मीको भनाई छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यको सुरक्षाको लागि विद्यालय नयाँ प्रकारको काम गरेको जनाईएको छ । रगत दान गर्न समेत सजिलो हुने भएकाले रक्त समूह परिक्षण कार्यक्रम राखिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्