कोहलपुर ।
बाँकेको कोहलपुरमा मंगलबारदेखि सुरु भएको यमाहा एक्सचेन्ज महामेला एक दिन थप गरिएको छ । कोहलपुरमा पहिलो पटक थुप्रै खरिद अफर सहित सुरु भएको महामेला सेवाग्राहीको माग अनुसार एक दिन थपिएको हो ।
पहिलोपटक आयोजना गरिएको मेलाको तेस्रो दिनसम्म नै निकै उत्साहजनक सहभागिता रहेको यमाहाको कोहलपुरको लागि आधिकारीक विक्रेता श्रेष्ठ ट्रेड हबका सञ्चालक प्रसन्न श्रेष्ठले बताए । शुक्रबारसम्म ४२ जनाले मोटरसाईकल तथा स्कुटर न्युनतम् मुल्यमा खरिद गरेको उनले जानकारी दिए ।
मेलाको अवसरमा एमपि १५ को नयाँ मोटर साईकल समेत लन्च गरिएको थियो । महामेला भोली (शनिबार) साझसम्म चल्ने श्रेष्ठ ट्रेड हबले जनाएको छ ।
प्रकाशित मिति : २०७६ भदौ १३ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्