कोहलपुरमा यमाहा एक्सचेन्ज महामेला



कोहलपुर ।

बाँकेको कोहलपुरमा यमाहा एक्सचेन्ज महामेला शुरु भएको छ । मंगलबारबाट कोहलपुरमा पहिलो पटक थुप्रै खरिद अफर सहित महामेला शुरु भएको हो । पहिलोपटक आयोजना गरिएको मेलाको पहिलो दिन नै निकै उत्साहजनक सहभागिता रहेको थियो ।

यमाहाको कोहलपुरको लागि आधिकारीक विक्रेता श्रेष्ठ ट्रेड हबका सञ्चालक प्रसन्न श्रेष्ठका अनुसार पहिलो दिन ५० जना भन्दा बढिले सहभागिता जनाएका थिए । मंगलबार १२ जनाले मोटरसाईकल तथा स्कुटर न्युनतम् मुल्यमा खरिद गरेको उनले जानकारी दिए । चार जनाले स्कुटर र ८ जनाले मोटरसाईकल खरिद गरेका छन् ।

दिनभर ३० लाख कारोबार भएको श्रेष्ठको भनाई रहेको छ । मेलाको अवसरमा एमपि १५ को नयाँ मोटर साईकल समेत लन्च गरिएको थियो । कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाद्धारा उद्घाटन गरेर बजारमा मोटरसाइकल लन्च गरिएको हो । महामेला आगामी १३ गतेसम्म चल्ने श्रेष्ठ ट्रेड हबले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ११ गते बुधबार