बाँसगढीमा ‘एक वडा एक कालोपत्रे’ सडक



बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा एक कालोपत्रे’ सडकको नीति लिएको छ । नगरपालिकाका सबै वडामा सडक पु¥याउने लक्ष्य अनुसार एक वडा एक कालोपत्रे सडकको नीति लिएको नगरपालिकाले जनाएको छ । सोही अनुसार कालोपत्रे वडामा संचालन भईरहेको कामको गुणस्तरबारे नगरपालिकाका प्रमुख सालिकराम अधिकारी लगायतको टोलीले अनुगमन गरेको छ । वडा नम्बर ९ मा रहेको माछागढ–कुईनेटी सडकमा कालोपत्रको गुणस्तरका विषयमा सरोकारवालाको टोलीले अनुगमन गरेको हो । नगर प्रमुख अधिकारीले उक्त सडकमा कालोपत्रे गर्नको लागि आवश्यक कच्चा पदार्थ गुणस्तर युक्त भए नभएको बारेमा अनुगमन गरिएको जानकारी दिए । ईन्जिनियर सहित गरिएको अनुगमनको क्रममा कालोपत्रे गुणस्तरीय रुपमा भईरहेको पाईएको बताईएको छ ।

यस्तै सम्पुर्ण वडामा भएका कामहरुको बारेमा पनि अनुगमन गरिनेछ । नगरपालिका सबै वडामा १२ मिटर देखी साढे दुई किलो मिटर सडक सम्म चालु आवमा कालोपत्रे गरिने जानकारी दिए । उनको भनाई छ । बाँसगढी नगरपालिकाले गतवर्ष २३ किलो मिटर सडक कालोपत्रे गरेको थियो । नगरप्रमुख अधिकारीका अनुसार चालु आवमा १५ देखी १६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार सबै वडामा चालु आवको पहिलो महिना देखी नै काम शुरु भईसकेको उनले बताए । चालु आवमा सडक निर्माण लागि मात्रै नगरपालिकाले करिब ९ करोड बजेट विनियोजन गरेको नगर प्रमुख अधिकारीले अवगत गराएका हुन् ।

यस्तै वडा नम्बर १ का अध्यक्ष जयराज पाण्डेले नगरपालिकाले सडकलाई प्राथमिकता दिएको जानकारी दिए । उनका अनुसार यसै बर्ष १ नम्बर वडामा साढे चार मिटर सडक कालोपत्रे हुदैछ । सडक कालोपत्रे कामको वडा कार्यालयको प्रत्यक्ष निगरानीमा काम भईरहेको छ । कच्ची सडक खन्ने क्रम चलिरहेको भन्दै कालोपत्रे पछिल्लो महिनाबाट शुरु हुने वडा अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार मानिस बिरामी पर्दा, आवात जावात गर्दा र स्थानीयको सेवा सुविधाको सडक निर्माणलाई अनिवार्य गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ४ गते बुधबार