अनोज थारु, बाँसगढी बर्दिया ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ७ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । विगत लामो समय देखी स्वास्थ्य सेवाको पहुँज भन्दा बाहिर रहेका नागरिकलाई लक्षित गरि निर्माण स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।
आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ गरेका थिए । उनले उक्त अवसरमा वडा नं १, ४, ५ र ९ वडामा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटनको तयारी भईरहेको जानकारी दिए । आधारभुत स्वास्थ्य केन्द्रले साविक स्वास्थ्य चौकीले दिने सबै प्रकारका सेवाहरु दिने स्वास्थ्य शाखाका उपप्रमुख रमेश पौडेलले बताए ।
उनले आधारभुत स्वास्थ्य केन्द्रमा १ जना अहेब, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी गरी ३ जना कर्मचारीको दरबन्दी रहेको जानकारी दिए । वडा नं ७ का अध्यक्ष इन्द्र प्रसाद लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतम, स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल लगायत जनप्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्