अनोज थारु,बाँसगढी बर्दिया,
गुलरिया नगरपालिका ७,कोठारीपुरकी चन्द्रा गोडियाको हरेक रात अँध्यारोमा बित्थ्यो ।उनकोे परिवारलाई क्यान्डल र मोबाईलको भरमा छोराछोरीको पढाई मात्रै होईन रात बिताउनु पर्ने बाध्यता थियो ।घरमा बिजुली बत्ती नहुदा कत्ति रात अध्यारो मै बित्ने गरेको उनी सुनाउछिन् । भन्छिन्,मोबाईलले काम चलाथ्यौ, तर जार्च सकिएपछि छिमेकी, पसलेलाई हार गुहार गर्ने बाध्यता थियो ।‘गाउँमा बिजुली बत्ती हुँदा निकै कष्ठकर जीवन बिताईरहेका थियौ’ उनले भनिन्,‘प्रदेश सरकारको सहयोगमा सोलार पाउदा निकै खुसी लागेको छ ।’ उनी मात्रै होईन कोठारीपुरका २ सय ४२ घरघुरीका मानिसको मुहार खुसी छाएको छ । ९० प्रतिशत अनुदानमा सोलार बत्ती पाएपछि गोडियाको मनमा खुसीको सिमा नै छैन ।
अहिले उनीमात्रै होईन सिंगो गाउँ नै झलमल्ल भएको छ । अहिले कोठारीपुर सहित चौर्गुजी, बडलपुरका नागरिकहरु र्णरुपमा अँध्यारो मुक्त भएका छन् । हरेक घरमा खान पकाउन देखी लिएर बालबालिकाको पढाई लेखाई गर्न समेत सजिलो भएको स्थानीय मन्सा गोडिया बताउँछन् ।‘दैनिक साहुको घरमा गरेको ज्यालादारीले सोलार किन्ने अवस्था थिएन’ उनले भने,‘ प्रदेश सरकारले अनुदानमा सोलार वितरण गरेको छ ।’ उनका अनुसार अशिक्षा र गरिबीका कारण निकै पछि रहेको गाउँमा प्रदेश सरकारको सहयोगले सिंहदरबारको अधिकार गाउँ मै आएको अनुभूति भईरहेको छ । अवधी भाषीहरुको बाहुल्य रहेको वडा नम्बर ७ शैक्षिक र आर्थिक रुपमा निकै पछि छ । हरेक दृष्टिले निकै पछि रहेको वडा नम्बर ७ मा सोलार बत्ती बलेको देख आफूलाई समेत खुसी लागेको गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना बताउँछन् ।
कोठारीपुर बाट बर्दियाको सदरमुकाम गुलरीया नगरपालिकाको कार्यालय पुग्न करीब २÷३ किलोमिटरको दुरी मात्रै छ । गुलरीया नगरपालिका वडा नं ७ का वडा अध्यक्ष गिता बस्नेतका अनुसार अँध्यारो मुक्त वडा बनाउने लक्ष्य अनुरुपमा वडाको सिफरिसमा प्रदेश ५ सरकारले अनुदानमा सोलार वितरण गरेको हो । प्रदेश सरकार माग अनुसार वडा कार्यालयबाट ४ सय जनालाई सिफरिस गरिएकोमा प्रदेशको सिफरिसमा पहिलो चरणमा २ सय ४२ घरधुरी सिफारिस भएको उनले जानकारी दिईन् । हाल सम्म १ सय ८० घरमा सोलर बत्ती जडान भइसकेको छ ।
भने सोलारको ब्यट्रि अपुगको कारण ६२ घर अझै बाँकी छन् । प्रदेश सरकारले ९० प्रतिशत अनुदान र १० प्रतिशत सेवाग्राहीहरुले लगाउनु पर्ने सर्तमा २ सय ४२ घरलाई सोलर बत्ती अनुदानमा प्रदान गरिएको वडा अध्यक्ष बस्नेतको भनाई छ । सेवाग्राहीले बेहार्नु पर्ने १० प्रतिशत रकम समेत तिर्न नसकेका ३० जना परिवारको प्रति व्यक्ति ११ सय का दरले व्यक्तिगत सहयोग गरेर सोलार प्रदान गरिएको उनले अवगत् गराईन् । सोलार प्राप्त गरेपछि स्थानीयमा निकै उत्साह देखिएको भन्दै आगामी दिनमा शिक्षा विकासले सोलारले टेवा पु¥याउने विश्वास नगरपालिकाले गरेको छ । जनताको अधिकार सुनिश्चितताका लागि हरेक पल जनता कै काममा समर्पित गरिएको वडा अध्यक्ष गिता बस्नेतको भनाई रहेको छ । तर त्यसका साथै मानिसका आधारभुत आबश्यकताहरु गास, बास, कपास र स्वास्थ्य शिक्षा सुरक्षाको ग्यारेन्टि पनि सरकारले गर्नै पर्छ ।








प्रतिक्रिया दिनुहोस्