दुई दशकपछि घर–घरमा धारा



जुम्ला । ‘न घरमा पिउने पानी,न तरकारीमा हाल्ने, चाहे सरसफाई नै गर्न किन नहोस’तातोपानी गाउँपालिका ७ सर्मी गाउँका स्थानीय राम देवी कुँवरलाई गाउँमा खानेपानीका धारा नहुँदा खुबै पिरोल्थ्यो । वडा कार्यालयले घर मै धारा पु¥याईदिए पछि उनले सपना जस्तै लागेको छ ।‘खानेपानीको लागि दिन रात कुर्नु प¥थ्यो’उनले भनिन्,‘ कति दिन भोके सुतियो ।’

तातोपानीको विकट बस्ती सर्मी गाउँका स्थानीयका दुःख सुनिनसक्नु छन् । १ सय ५७ घरघुरी रहेको सर्मी गाउँमा अहिले सबै घरमा धारा पुगेका छन् । अर्का स्थानीय सुर्य बुढाका अनुसार स्थानीय सरकारले घर घरमा धारा पुयाईदिए गाउँलेकोे जीवनशैली नै परिवर्तन भएको छ ।

दुई दशक अघि देखि सर्मी बासी जम्मा चार धाराको भरमा दैनिकी धान्दै आएका थिए । कुल ३५ लाखको लागतमा सुरु भएको खानपानी आयोजना सम्पन्न भएपछि सर्मी गाउँमा एक घर एक धाराको पहुँचमा पुगेको हो । कर्णाली प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको १० लाख लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो । ठूली गौरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुन बहादुर कँवर लामो समयको खानेपानीको अभाव र सबैको प्रयास पछि प्रत्येकब घर मा धारा पु¥याउन सफल भएको बताउँछन् । २०५८ सालमा निर्माण गरिएका धारा जिर्ण बन्दै गएपछि खानेपानीको निकै ठूलो सकस थियो ।

‘लामो समय देखीको दुःख टरेको छ’ उनले भने,‘ अब त गाउँमा तरकारी खेती मार्फत आर्थिक उर्पाजन गर्ने सक्ने पानी आएको छ ।’गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकाको अत्यन्तै विकट क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रमा विकासको मुल प्रवाहमा ल्याउन यस वर्षको बजेट थुप्रै कार्यक्रम ल्याईएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ११ गते शनिबार