हुम्ला ।
झुण्डिएर आत्महत्या गरेका स्वास्थ्यकर्मी भुवनेश्वर आचार्यको शव १ लाख ६० हजारमा हवाईजहाजमा रिजर्भ गरेर सिमकोटबाट नेपालगञ्ज लगिएको छ । मृतक आचार्यका छोरा शितल आचार्यसहितको टोलीले जहाज रिजर्भ गरेर शव लगेको हो । जिल्ला अस्पतालमा शनिबार शव परीक्षण गरेर आफन्तलाई बुझाइएको थियो ।
शुक्रबार राति आचार्यले डिभिजन वन कार्यालयको माथिल्लो तलामा पासो लगाएर आत्महत्या गरेका थिए । सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब आचार्यले सदरमुकाम सिमकोटमा आएको बेला डिभिजन वन कार्यालयको माथिल्लो तलको बार्दलीको रेलिङमा पासो लगाएका थिए । ५७ वर्षीय उनी २२ वर्षदेखि रिप स्वास्थ्य चौकीमा कार्यरत थिए । मृतक आचार्य कैलाली टिकापुरका बासिन्दा हुन् ।
प्रकाशित मिति : २०७६ साउन ६ गते सोमबार









प्रतिक्रिया दिनुहोस्