‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् अवार्ड



काठमाडौं ।

श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् ।

नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् ।

उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।

 

यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् ।

सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।

सबै तस्बिर स्वस्तिमाको इन्स्टाग्रामबाट

  • No tags available
प्रकाशित मिति : २०७६ असार २५ गते बुधबार