धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका करिब तीन अर्ब लागतका दुई वटा सडक आयोजनालाई प्राथमिकतामा राखेको छ । दुई अर्ब ८६ करोड लागत अनुमान रहेको कैलालीको सहजपुर–निगाली सडक र श्रीभावर–गर्जे सडक आयोजनालाई प्राथमिकतामा राखेको हो । प्रदेश मन्त्रीपरिषद्को साउन १९ गते बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा ति आयोजनाहरुको प्राथमिकतामा निर्धारण गर्ने निर्णय गरेको थियो ।
१४ किलोमिटरको सहजपुर–निगाली सडक ३६ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिविजनल ईञ्जिनियर रामचन्द्र खत्रीले बताए । उनले ३० किलोमिटरको श्रीभावर–गर्जे सडक ठेक्का लगाउन रुख कटान गर्नुपर्ने रहेको बताए । सिगास गाउँपालिका केन्द्र गर्जेसम्म सडकमार्ग पु¥याउने उद्देश्यले प्रदेश सडक गुरुयोजनामा परेको यो सडक निर्माण गर्न र वन मन्त्रालयबाट भोगाधिकार लिन पनि बाँकी रहेको डिविजनल ईञ्जिनियर खत्रीले बताए ।
उनले भोगाधिकार लिएर रुख काट्नका लागि वातावरण ऐनमा संघ वा प्रदेश प्राथमिकतामा परेको हुनुपर्ने भएकाले प्राथमिकतामा राख्ने निर्णय भएको बताए ।
उक्त सडक निर्माणका अढाई अर्ब लागत लाग्ने अनुमान छ । विश्व बैंकको लागत साझेदारीमा निर्माण गरिने सडकमा प्रदेशले २० प्रतिशत र विश्व बैंकले ८० प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको छ ।









प्रतिक्रिया दिनुहोस्