दाङमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु



दाङ ।

दाङमा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लमही उपमहानगरपालिका-२ स्थित बनकटुवा भन्ने स्थानमा रा.१ ख २२३८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीया राममती चौधरीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार