युवालाई नेतृत्व विकासका तालिम



कोहलपुर ।

कोहलपुर जुनियर जेसीसको आयोजनामा एक दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको जी गाउँमा जेसीसले युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्वेश्यका साथ शनिबार एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

अभिमुखीकरणको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । उनले ‘समृद्धि नेपाल, सुखी नेपाल’ बनाउनका लागि युवाहरु एक महत्वपूर्ण खम्बा रहेकोमा जोड दिए ।

नगर प्रमुख रावतले बाँके लगायत अन्य जिल्लाहरुमा पनि युवाहरु लागुपदार्थ दुव्र्यसनमा फसेकोले जेसीसलाई त्यसतर्फ समेत ध्यान दिन आग्रह गरे । अभिमुखीकरणमा कोहलपुर वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले तालिमको माध्यमबाट युवाहरुले आफुमा भएको सम्भावनालाई पहिचान गर्दै आफ्नो व्यक्तिगत, व्यवसायीक तथा नेतृत्व विकास गर्दै समाजको विकासमा टेवा पु¥याउने सक्ने बताइन् ।

तालिममा जेसीसका प्रमुख प्रशिक्षक मुक्तिनाथ गैरेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । उनले समाज रुपान्तरणमा युवाहरुको अग्रणी भुमिका रहेको बताए । अभिमुखीकरणमा बुटवल, कैलाली, सुर्खेत, बाँके लगायत कोहलपुरका सम्पूर्ण जेसीसका पदाअधिकारीहरको उल्लेखिनीय उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २२ गते आइतबार