बाँके ।
बाँकेको जानकी गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत आईतबार २ सय १५ जना बिद्यार्थीलाई झोला वितरण गरिएको छ । जानकी गाउँपालिका वडा नं. १ साईगाउँस्थित आधारभूत विद्यालय शिवपुरी ७५, नेरा प्रावि बढैया ४१, नेराप्रावि पचपोखरा २४, कुवा मस्जिद मदरसा २६, मदरसा मस्उदिया हावीउलरजा ३१ र मदरसा दारुल उलुम जिन्वातुलका १८ जना गरी २ सय १५ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल , वडाध्यक्ष माहम्मद रजा राई र शिक्षा समितिका संयोजक टिकाराम सुनारले विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए । सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले बालबालिकालाई विद्यालयमा अध्ययन गर्न आउन सजिलो बनाउनको लागि झोला वितरण गरिएको बताए । जानकी गाउँपालिका भित्रका ६ वटै वडामा कक्षा १ मा यो वर्ष नयाँ भर्ना भएका १ हजार ७ सय ३३ विद्यार्थीलाई झोला बाँड्ने कार्यक्रम रहेको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका जिल्ला सहजकर्ता केशव चालिसेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्