जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई जनचेतनामुलक अभिमुखिकरण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा हरेको जनता माध्यमिक विद्यालयमा लागु औषध दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम अन्तर्गत “लागू औषध न्यूनीकरण सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

विद्यालय स्तरका विद्यार्थी लागु औषध न्युनिकरण बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । ‘हाम्रो आवाज, लागु औषध दुव्र्यसनबाट मुक्त समाज’ भन्ने मुल नारा सहित शुरु अभियानको क्रममा आमा समुह, धार्मिक गुरुहरुसंग अन्तरक्रिया, सडक नाटक र जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने आयोजक समाज सेवा नेपाल कोहलपुरका अध्यक्ष विनोद थापाले बताए ।

कोहलपुर नगरपालिकाको सहयोग तथा समाज सेवा सस्था नेपाल, समुदाय—प्रहरी साझेदारी, ईलाका प्रहरी कार्यालय कोहलपुर र कोहलपुर सामुदायिक केन्द्रको सयुक्त आयोजनामा भएको कार्यक्रमा सहजीकरण ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिह र लागू औषध ब्युरो नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक वीर बहादुर थापाले सहजीकरण गरेका थिए ।

कार्यक्रम ३०० विद्यार्थी शिक्षकहरुको सहभागिता रहेको थियो । अभियान अन्तर्गत विभिन्न निकायको सहकार्यमा कोहलपुरका ६ वटा विद्यालयमा कार्यक्रम गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ३० गते बिहीबार