वर्दिया ।
वर्दियाको मधुवन नगरपालिका ७ नं वडा कार्यलयले आज एक कार्यक्रमका विच १ महिने मोटर ड्राइभिङ तालिमको समापन गरेको छ । तालिम मधुवन नगरपालिका वडा नं ७ को आयोजनामा संन्चालन भएको थियो । समापन कार्यक्रममा वोल्दै मधुवन नगरपालिकाका नगर प्रमुख गणेश वहादुर क्षेत्री (कृष्ण) ले आत्मनिरर्भर वन्न यस्ता तालिमको आवश्यकता रहेको र तालिम सिक्नु मात्रै ठुलो कुरा नभई सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो ।
त्यस्तै वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले वडाका वेरोजगार युवाहरुलाई सिपमुलक तालिम वाट स्वरोजगार वनाउने उद्धेश्यले तालिमको आयोजना गरेको वताउनु भयो । । साथै १ महिने तालिमवाट प्रयाप्त सिप सिक्न नसकिने भएकाले आउने आर्थिक वर्षमा ३ महिनाका लागी आफुले वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडाले यसअघि अनाथ वालवालिकाहरु लाई निशुल्क १ वर्ष भरिको स्टेसनरी र पोशाक, ८५ वर्ष माथीका जेष्ठ नागरिकलाई न्यानो कम्मल वितरण, घरेलु हिंसा न्यूनिकरण सम्वन्धि अन्र्त्क्रिया कार्यक्रम र लागु प्रदार्थ दुव्र्यसनी सम्वन्धि सडक नाटक जस्ता कार्यक्रम गरिसकेको अध्यक्ष हमालले वताउनु भयोे । तालिममा जम्मा १५ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये ७ जना आजै सवारी चालक अनुमति पत्रका लागी ट्राइल दिन नेपालगन्ज गएका छन् ।साथै सोही कार्यक्रममा आफ्नो कार्यकालमा सिमा शान्ति सुरक्षामा अहम भुमिका खेलेको भन्दै सस्त्रप्रहरी सिमासुरक्षा वलका सस्त्रप्रहरी नायव निरिक्षक अन्जन जंग शाहलाई वडा नं ७ ले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्