नेपालगन्ज ।
वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ८० वटा खसी, बोका बरामद गरेको छ । विशेष सूचनाको आधारमा बुधबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका १० रामवाग टोलबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा खसिबोकासहित ३ जनालाई नियन्त्रणमा लिइएको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका अवैध खसि बोकाहरु नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार बरामद गरिएका खसिबोकाको मुल्य अनुमानित १२ लाख रहेको छ ।
नियन्त्रणमा लिइएका खसी बोका सहित तीनै जनालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरीले जनाएको छ । पछिल्लो समय वडा प्रहरीले अबैध रुपमा भन्सार छली चोरी पैठारी विरुद्व आफ्नो सक्रियता बढाएको छ ।
प्रकाशित मिति : २०७५ फागुन ३० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्