हिसान कपका बाँकी खेल आजबाट



कोहलपुर ।
बाँकेको नेपालगन्जमा गत मंगलबारबाट सुरु भएको पाँचौ हिसान कप खेलकुदका बाँकी खेल आजबाट हुने भएका छन् ।

निजि विद्यालयको संस्था हिसानको आयोजनामा भइरहेको प्रतियोगिता अन्तरर्गतका खेलहरु बुधबार बिहानैदेखि बर्षा भएपछि स्थगित गरिएको थियो । मौसममा सुधार आएसँगै बाँकी रहेका खेलहरु आजबाट सुरु हुने हिसान कपका संयोजक सुमन गौतमले जानकारी दिए ।

दोस्रो चरणका खेलहरु अन्तर्गत भोली आज छात्रा र छात्र तर्फ भलिबल, छात्र तर्फ फुटबल र ब्याडमिन्टन खेलहरु हुने बताइएको छ । छात्रा तर्फको भलिबलमा डाइनामिक मावि कोहलपुर र मोडर्न मावि नेपालगन्ज तथा गोर्खा मावि कोहलपुर र जनज्योती मावि कोहलपुर बिच प्रतिस्पर्धा हुनेछ ।

छात्र तर्फ भलिबल खेलमा होलिल्याण्ड मावि नेपालगन्ज र डाइनामिक मावि कोहलपुर तथा आदर्श मावि नेपालगन्ज र जिभिएन मावि नेपालगन्ज बिच हुने संयोजक गौतमले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १७ गते शुक्रबार