कञ्चनपुरमा बरामद २४ किलो सुन कोहलपुरमा

कोहलपुर फाल्गुन, ०४ ,कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको करिब २४ किलो सुन बाँकेको कोहलपुर ल्याइएको छ ।

कञ्चनपुरको दक्षिणी पुनर्वासबाट १८ किलो र उत्तरी भेग शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो । बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), अपराध महाशाखा र कैलाली–कञ्चनपुर (पुनर्वास) प्रहरीको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीका शंकर विक भनिने भरतलाल विकको घरबाट सुन बरामद गरेको १५ घण्टापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद गर्न सफल भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदिप गिरी नेतृत्वको टोलीले २३ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । पुनर्वासबाट सुन बरामद गरेको घर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवाको ससुराली हो ।

सुरजका दाजु भारतमा गाडि चालकको रुपमा काम गर्दै आएका छन् । सुन बरामद भएपछि प्रहरी जवान सुरज प्रहरीको नियन्त्रणमा छन् । बरामद गरिएको सुुन र मानिसहरुलाई आवश्यक अनुसन्धानका लागि शुक्रबार नै कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा ल्याइएको थियो ।

अनुसन्धान कार्यालयका प्रमुख बिनोद कुमार दाहालले कोहलपुरबाट शुक्रबार नै सुन र मानिसहरुलाई बुद्व एयरमार्फत काठमाडौं पठाउने भनिएपनी मौसमका कारण सभ्भव नभएको बताए । बरामद गरिएको सुन र मानिसहरुलाई कडा सुरक्षामा काठमाडौं पठाउनको लागि राँझा विमानस्थल पु¥याइएपनी मौसमका कारण जहाज उड्न नसकेपछि शुक्रबार त्यो सभ्भव भएन ।

सुन र मानिसहरुलाई आज जहाजमार्फत काठमाडौं पठाइने अनुसन्धान कार्यालयका प्रमुख दाहालले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।

कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको करिब २४ किलो सुन बाँकेको कोहलपुर ल्याइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ४ गते शनिबार