कोहलपुर १८ माघ/अमेरिकामा बस्दै आएका बाँकेको कोहलपुर नगरपालिका ११ का देवराम वलीले बैजनाथ गाउँपालिका वडा नं ३ गाभर स्थित बागेश्वरी माध्यामिक विद्यालयमा अध्ययन गर्ने अभिभावक विहिन तथा असाहय ८ जना बालबालिकलाई विद्यालय पोषाक तथा शैक्षिक सामाग्री सहयोग गरेका छन । शुक्रबार एक कार्यक्रमका बिच ओलीले सहयोग गरेका विद्यालय पोषाक, झोला तथा कापीकलम वितरण गरिएको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भावना चौधरीले संस्थाहरुले मात्र नभएर मनकारी व्यक्तिहरुले समेत सहयोग गर्छन भन्ने कुरा वलीले उदाहरण बनेर देखाइएको बताईन । साथै उनले सहयोगी भावना बोकेका वलीलाई धन्यवाद समेत ज्ञापन गरिन । त्यस्तै विद्यालका प्रधानाध्यापक पृथी बहादुर बुढाक्षेत्रीले वलीले गरेको सहयोगले विद्यालयमा अध्ययन गरि रहेका असाहय बालबालिको शिक्षादिक्षामा महत्वपुर्ण सहयोग पुग्ने बताए । हामीले सहयोग गर्ने देवराम वलीलाई त देखेका छैनौ तर उहाँलाई मनै देखी धन्यवाद दिन्छौ उनले भने ।
विगत ५ वर्षदेखी अमेरिकाको क्यालिर्फोनियामा बस्दै आएका वलीले सहयोग बारे प्रतिक्रिया दिदै अभिभावक विहिन बालबालिकाहरुको शैक्षिक स्तरमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको बताए । अभिभावक नहुदाँ बालबालिकाहरुलाई पर्ने समस्यालाई मध्यनजर गर्दे नानीबाबुको शैक्षिक स्तरमा सुधार होस भन्ने उद्देश्यका साथ सहयोग गरेको हुँ उनले भने । बैजनाथ गाउँपालिका स्तरीय दलित संजालकी कोषाध्यक्ष सम्झना परियार र पत्रकार कविन्द्र परियारको पहलमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । 
कार्यक्रममा आधारभुततहका वसन्त बोगटी,आरती बि.क, कल्पना वि.क रोशन थापा, नविन बि.क,मनिषा मल्ल , जित बहादुर पुन र केदार शर्मालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । वलीले करिब १७ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्