प्याब्सन बाँकेको जिल्ला अधिवेशन पौष १६ गते



बाँके कोहलपुर/निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपाल बाँकेको जिल्ला अधिवेशन यही पौष १६ गते हुने भएको छ । अधिवेशनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न गाउँपालिका र नगरपालिकाको अधिवेशन यसअघि नै सम्पन्न भई सकेको छ ।

जिल्लामा रहेका एक सय निजी विद्यालयहरुको साझा संगठनको रुपमा रहेको प्याब्सनको बाँकेको जिल्ला अधिवेशन पौष १६ गते हुन लागेको हो । अधिवेशनले आगामी दुई वर्षीय कार्यकालको लागि नयाँ नेतृत्व छनौट समेत गर्ने छ । नयाँ नेतृत्वका लागि प्याब्सको जिल्ला वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्य र जिल्ला सदस्य दिनेश सिग्देल विच प्रतिस्पर्धा हुने देखिएको छ ।
आचार्यले आफु अहिलेको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष भएकोले आफुले आगामी कार्यकालको लागि उम्मेद्वारी दिएको बताए । आफुले नेतृत्व गर्न पाएमा प्याब्सको आफ्नै भवन बनाउने बताएका छन् ।

देशमा सरकारले अहिले निजी विद्यालयहरुलाई निजी गुठी र सहकारी गुठीको रुपमा दर्ता गर्नु पर्ने भन्दै आएकोले त्यसको विरुद्धमा आफु आवाज उठाउनको लागि समेत आफ्नो उम्मेदवारी रहेको बताए । निजी विद्यालय कम्पनी ऐन अनुसार दर्ता भएको र त्यही अनुसार चल्न पाउनु पर्ने हुनु पर्छ भन्ने आफ्नो धारण रहेको बताए ।
यस्तै आफ्नो उमेदवारीको दावी गर्दै आएको दिनेश सिग्देलले निजी विद्यालयको संरक्षण र गुणस्तरीय शिक्षाको लागि राष्ट्रिय शिक्षा नीति संस्थागत विद्यालय अनुकुल बनाउनको लागि आफ्नो उम्मेद्वारी रहने बताए । आगामी दिनमा देशमा निजी विद्यालयहरुको लगानीमा सरकारको हस्तक्षपको विरुद्धमा आवाज उठाउनका लागी आफ्नो उम्मेद्वारी रहेको बताए । राजेन्द« आचार्य दिपक इंग्लिस मिडियम स्कुल खजुराका संस्थापक प्रिन्सिपल हुन् भने अर्का अध्यक्षका दावेदार दिनेश सिग्देल क्रिसा कोहलपुरका अध्यक्ष तथा राम जानकी मावि कोहलपुरका संचालक हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ पुस १२ गते बिहीबार