बाँसगढी ४ मटेरियामा रहेको अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः कृष्ण प्रसाद बास्तोला चयन भएका छन् । संस्थाको शनिबार भएको एकाइसौँै वार्षिक साधारण सभाबाट बास्तोलाको अध्यक्षतामा ९ सदसिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
जसको उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, सचिवमा फणेन्द्र प्रसाद ढुंगाना, कोषाध्यक्षमा घनश्याम थारु च्यन भएका छन् भने अन्य सदस्य रहेका छन् । त्यस्तै भक्तिराम अधिकारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत समेत चयन गरिएको छ ।
जसको सदस्यमा शारदा लम्साल, नारायण प्रसाद बास्तोला रहेको कुरा सचिव फणेन्द्र प्रसाद ढुंगानाले जानकारी दिए ।
संस्थाका अध्यष्क्ष कृष्ण प्रसाद बास्तोलाको अध्यक्षतामा भएको साधारण सभामा आर्थिक वर्ष २०७४÷०७५ मा २ करोड ४० लाख ७ हजार ९ सय ५८ रुपैया कुल कारोबार सहितको प्रगति प्रतिवेदन लेखा समिति संयोजक भक्तिराम अधिकारीले प्रस्तुत गरेका थिए भने सञ्चालक समितिको प्रतिवेदन संस्थाका सदस्य फणेन्द्र प्रसाद ढुंगानाले प्रस्तुत गरेका थिए ।
संस्थाले ८ लाख ६० हजार १ सय ५० रुपैया ६२ पैसा शुद्ध नाफा गरेको छ । संस्थाले जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बालबचतकर्ता, असल ऋणलाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान समेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्