सल्यान/ सल्यानको बनगाड कुपिण्डे नगरपालीका डिजिटल प्रविधी मैत्री वनेको छ । नगरको कार्यालयमा विद्युतीय हाजिर, सिसि क्यामरा, डिजिटल वार्ड, दुर्त गतिको इन्टरनेट सेवा, एलईडि, सरकारी सेवाको लागि सफ्टवयर, मोवाईल एप्स जडान भएको छ ।
ढिलै भए पनि नगरपालीकामा यो कामको सुरुवात भएको छ । विद्युतीय हाजिरले कर्मचारीलाई १० देखि ५ बजेको समयमा नियमित वनाउनुका साथै सेवा ग्राहीलाई समेत कामकाजमा सजिलो हुनेे भएको छ ।
नगरपालीकाले अव नगरका १२ वटै वडा र अन्य सरकारी कार्यालय तथा विद्यालयहरुमा समेत सिसि क्यामरा विद्युतीय हाजिर जडान गर्ने लक्ष्य रहेको नगर प्रमुख गोविन्द कुमार पुनले वताउनु भयो ।
सवै कुरा पार्दशि हुनका लागि डिजिटल प्रविधी हुनु अति जरुरी रहेको नगर प्रमुखको भनाई छ । एक महिना अघि नगरपालीकाको कार्यालयमा डिजटल प्रविधी जडान भएको थियो ।
तर प्राविधीक कारण वस कार्यालयमा विद्युतीय हाजिर भने प्रयोगमा आएको छैन् । उक्त कुरा कार्यपालिकाको बैठक बाट अनुमोदन भईसकेकोले नगर सभा पछि विद्युतीय हाजिर प्रयोगमा आउने जनाएको छ ।
साथै आज विहान पुनः नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मञ्जु यरीले आन्दोलनरत शिक्षक कर्मचारीलाई आन्दोल फिर्ता लिई पठन पाठन सुचारु गराउन र कामकाजमा फर्किन आग्रह गर्नु भएको छ ।









प्रतिक्रिया दिनुहोस्