कोहलपुर/ बाँकेको बैजनाथ गाउँपालिका—६ स्थित न्यू हरियाली सामुदायिक वनको खेल मैदानमा मंसिर ३ गते रातिदेखि ४ गतेसम्म लागेको हरीबोधनी एकादशीको मेला पश्चात भएको फोहोरको सरसफाइ गरिएको छ ।
सशस्त्र प्रहरी बल नौवस्ता तालिम केन्द्रका डिएसपी चित्रांगत दाहालको कमाण्डमा आएको ३ सय जनाको टोली, न्यू जर्नी यूथ क्लब र न्यू हरियाली सामुदायिक वनको सहकार्यमा उक्त फोहोर सरसफाइ गरिएको हो ।
डिएसपी चित्रांगत दहाल लगायत शशस्त्र प्रहरीको टोली, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्मा, न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य नन्द विश्वकर्मा, न्यू जर्नी यूथ क्लबका उपाध्यक्ष श्याम वली, सामाजिक अभियन्ता सुमन विश्वकर्मा, न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहका सदस्य राधिका बुढाथोकी लगायतको सहभागितामा फोहोर सरसफाइ तथा व्यवस्थापन गरिएको हो ।
सरसफाइ कार्यक्रमको समापनमा बोल्दै न्यू जर्नी यूथ क्लबका अध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक भुपाल पुनले व्यक्तिगत कामको शिलशिलामा आफु कार्यक्षेत्र भन्दा बाहिर रहेकोले उक्त सरसफाइ कार्यक्रममा सहभागी हुन नसकेता पनि उक्त फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्ने प्रतिवद्धता फोन मार्फत जानकारी गराउँदै सरसफाईमा सहभागी भएका सम्पूर्णलाई धन्यवाद दिएका दिए ।









प्रतिक्रिया दिनुहोस्