कोहलपुर/ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । मंगलबार कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुरमा हुने आठौँ राष्ट्रिय खेलकुद महोत्सवका सञ्चालन गरिने खेलहरुका लागि भव्य तयारीमा लाग्न सबैमा आग्रह गरेका छन् ।
कोहलपुरमा हुने पुरुष क्रिकेट, चेस गेम र मार्शल आर्टका खेलहरुको तयारीमा सबै लाग्नु पर्नेमा जोड दिए । यस्तै प्रदेश नं. ५ का खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले समितिको वोर्ड बैठकको निर्णयअनुसार फाल्गुण पहिलो सातामा खेलकुद महोत्सव गर्ने निर्णय भएको जानकारी दिए ।
खेलकुद महोत्सवमा ८ हजार ५ सय खेलाडी सहभागी हुने भन्दै अध्यक्ष वलीले बाँकेमा १७ वटा खेल र बर्दियाको बाँसगढीमा कपर्दी, भुरी गाउँमा खोखो खेल, ठाकुरद्धारामा आचिरी र गुलरियामा खेपाताक्रो खेल हुने भएकाले अन्तरक्रिया कार्यक्रम मार्फत सबैलाई समयमै जागरुक बनाउन खोजिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले बताए । विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्