जनप्रतिनिधिद्धारा प्रहरी बिटलाई मोवाईल हस्तारण



 

कोहलपुर २६ कार्तिक/बाँकेको कोहलपुर नगरपालिका वडा नं १३ का वडा सदस्य बलु घर्तिमगरले सोमबार चपरगौडी स्थित ५ नं प्रहरी विटलाई मोवाईल तथा सिम हस्तारण गरेका छन । उनले बिटका ईन्चार्ज प्रहरी हवलदार करबिर बुढा थापालाई मोवाईल सेट एनसेल र नमस्तेको सिम कार्ड हस्तान्तरण गरेका हुन ।

प्रहरी बिटमा हवलदार फेरि रहने र स्थायी नं नभएकाले स्थानीयहरुलाई सम्पर्क गर्न कठिनाई भएको हुँदा प्रहरीलाई सम्पर्क गर्न सहज होस भनेर आफुले राज्यबाट पाएको सेवा सुविधा वापतको रकमबाट मोवाईल सेट र सिम प्रदान गरेको मगरले बताए । प्रहरीलाई सम्पर्क गर्नाकालागि उनले ९८२६५४९१०० र ९८६३१४४१९२ नं का सिमकार्ड प्रदान गरेका हुन ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक २६ गते सोमबार