सम्पत्ती करबारे दुईदिने अभिमुखीकरण



डुडुवा, (बाँके)/   बाँके डुडुवा गाउँपालिकाका जनप्रतिनिधीहरुका लागि स्थानीय तहमा सम्पत्ती कर सम्वन्धी दुई दिने अभिमुखीकरण शनिबारदेखि शुरु भएको छ ।

गाउँपालिकाले आयोजना गरेको अभिमुखीकरणमा ६ वटै वडाका जनप्रतिनिधी र सम्पुर्ण कर्मचारी गरि ५० जना बढीको सहभागिता रहेको छ । अभिमुखीकरणमा सम्पत्ती कर नियमावली, कार्यविधी ऐन, सम्पत्ती मुल्याङ्कन दर, घर र जग्गाको मुल्याङ्कन दर, सम्पत्ती विवरण संकलन स्थानीय कर, कर परिक्षण, कर प्रक्रिया, कर सचेतना लगायतका विषयमा जानकारी गराइनेछ ।

अभिमुखीकरणलाई काठमाण्डौको आर्टस नामक संस्थाले सहजीकरण गरिरहेको छ । अभिमुखीकरणको उदघाटन गर्दे गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सर्वप्रथम नागरिककालाई गुणस्तरियत तथा प्रभावकारी सेवा उपलब्ध गराएपछि मात्र कर लागु गर्ने बताए ।

सम्पत्ती करबारे अध्ययन गरि छिट्टै कानून बनाइ कार्यन्वयनतर्फ अगाडी बढने भन्दै उनले कानून अनुसारको राजश्व संकलन गरि सबै नागरिकलाई कर तिर्न उत्प्रेरित गर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानौ, प्रमुख प्रशासकिय अधिकृत लेकेन्द्र ज्ञवाली लगायतले स्थानीय तहमा कर प्रर्णाली व्यवस्थापनका जानकारी गएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १८ गते आइतबार