नेपालमै पहिलो क्षयरोग सर्वेक्षण शिविर बर्दियामा



रावन बिश्वकर्मा : बाँसगढी/  बर्दियाको बाँसगढी नगरपालिकास्थित राँझामा क्षयरोग स्वास्थ्य सर्वेक्षण शिविर मंगरबारदेखि सुरु भएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय क्षयरोग प्रिभेलेन्स सर्वेक्षण नेपालको आयोजनामा साबिक बेलवा–७ का १५ वर्ष माथि उमेर समुहका नागरिकहरुको क्षयरोग परीक्षणको लागि शिविर सञ्चालन गरिएको हो ।

शिविर नेपालका ५५ जिल्लामा ९९ कलस्टरमा सञ्चालन गरिने शिविर नेपाल कै पहिलो सर्वेक्षण र पेपर रहित सर्वेक्षण राँझामा सुरु गरिएको क्षयरोग प्रिभेलेन्स सर्वेक्षण संयोजक धिरेन्द्र शाहीले बताए ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा प्रत्येक दिन २÷२ सय जना गरी ६ सय जनाको परीक्षण गरिने छ । शिविरमा एक्सरे, रगत परीक्षण, खकार परीक्षण गरिने र दुई हप्ता पछि जिनएक्सपोटको रिपोर्ट र दुई महिनापछि कल्चरको रिपोर्ट स्वास्थ्य चौकीमा पठाइने छ ।

धिरेन्द्र शाही टोली प्रमुख रहेको शिविरमा क्षयरोग विशेषज्ञ डा. विकाश रौनियार, विज्ञान केसी, लजिष्टिक अफिसर २ जना, स्टाफ नर्स ४ जना हेल्थ असिष्टेन, ल्याब टेक्निसियन, आईटी अफिसर, रेडियो ग्राफर २÷२ जना गरी २८ जनाको टोली छ ।

वडा नम्बर २ का वडा अध्यक्ष घमण्ड चन्द्रको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारी, क्षयरोग फोकल प्रसन जिवन रजौरे, बाँसगढी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मी, सामाजिक विकास संयोजक तुल प्रसाद गौतम, जिवनज्योति मावि राँझाका प्रअ तर्क बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।

सहरी स्वास्थ्य ईकाइ जलजला राँझाका अहेव बिनिता भट्टराईले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी बेलवाका अहेव ओम बहादुर राना क्षेत्रीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज १० गते बुधबार