विद्यार्थीहरुद्वारा गाँजा नष्ट



कोहलपुर/  बाँकेको राप्तीसोनारी गाउँपालिका–९ महादेवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुले सोमबार विद्यालय क्षेत्र वरपर रहेको गाँजा नष्ट गरेका छन् ।

विद्यालय क्षेत्रमा अपरिचत युवाहरुको समुह आई गाँजा सेवन गरी विद्यालयका भौतिक संरचनामा क्षति पु¥याउन थाले पछि गाँजा नष्ट गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर खड्काले जानकारी दिए ।

विद्यालयका गठित विद्यार्थी वातावरण समुह (इको क्लब) का विद्यार्थीहरुले विद्यालय प्रशासनको रोहबरमा गाँजा नष्ट गरेका हुन् ।

राप्तीसोनारीको दुर्गम क्षेत्रका रुपमा रहेको सो विद्यालय क्षेत्रमा गाँजा पाइने र पछिल्लो समयमा अपरिचत युवा समुहले गाँजा सेवन गरेर विद्यालयका झ्याल ढोका र धारामा क्षति पु¥याउने गरेका कारण गाँजा नष्ट गरिएको विद्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १२ गते मंगलबार