कोहलपुर/ बाँकेको राप्तीसोनारी –८ स्थित साना किसान कषि सहकारी संस्था महादेवपुरीले शेयर सदस्यहरुका लागि बैठक घर निमार्ण गर्न कार्य सुरु गरेको छ ।
संस्थाले १४ लाख ९५ हजारको लागतमा राप्तीसोनारी गाउँपालिकाको वडा, २ कचापुर, ८ शम्शेरगजं र ९ को ढकेरी क्षेत्रमा २३ वटा बैठक घर निमार्ण गरिने संस्थाका मुख्य प्रबन्धक हरिश चन्द्र केसीले बताए ।
संस्थाका शेयर सदस्यहरुलाई मासिक बैठक बस्न तथा खोप केन्द्र सञ्चालन गर्नका लागि बैठक घर निमार्ण गरिन लागेको मुख्य प्रबन्धक केसीले बताए ।
सहकारी संस्थाले एक बैठक घर निमार्ण गर्नका लागि ६५ हजार उपलब्ध गराउने र बाँकी सामुदायिक वन उपभोक्ता तथा अन्यको समुहहरुको सहयोग तथा समन्वयमा बैठक घरहरु निमार्ण गरिरहेको संस्थाले जनाएको छ ।
जम्मा २३ वटा बैठक घर मध्ये हाल सम्म ११ वटा बैठक घर सम्पन्न भईसकेका छन । जस अन्र्तगत कचनापुर क्षेत्रमा ११ वटा बनाउनु पर्नेमा ४ वटा सम्पन्न भई सकेका छन ।
त्यस्तै शम्शेरगजं क्षेत्रमा ६ वटा बनाउनु पर्नेमा ३ वटा निर्माण भईसकेको र ढकेरी क्षेत्रमा ६ वटा बनाउनु पर्नेमा ४ वटा बैठक घर निमार्णं सम्पन्न भईसकेको सहकारीले जनाएको छ ।
संस्थाले सुरुमा केही रकम पेश्की स्वरुप उपलब्ध गराउने र काम बैठक घर निमार्ण सम्पन्न भईसकेपछि भुक्तानी दिने गरेको छ ।
राप्तीसोनारी ९ स्थित बागेसाल समुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नेत्रनन्द उपाध्यायले सहकारीले ६५ हजार उपलब्ध गराएको र बाँकी रकम समुहबाट थप गरी करिब १ लाख ९६ हजारको लागतमा बैठक घर निमार्ण गरिएको बताए ।
अहिले बैठक घर निमार्ण भईसकेपछि बैठक बस्न कार्यक्रमहरु गर्न सहज भएको उपाध्यायको भनाई छ । त्यस्तै सहकारीका शेयर सदस्य लिला बहादुर डाँगीले सहकारीको बैठक घर निमार्ण गर्ने अभियान निकै राम्रो भएको बताए ।
सहकारीले वि.स. २०५८ सालमा निमार्ण गरेको ढकेरी चोकमा रहेको सार्वजनिक प्रतिक्षालय यस वर्ष ३० हजारको लागतमा मर्मत समेत गरेकोे छ ।









प्रतिक्रिया दिनुहोस्