कोहलपुर/ शुक्रबार आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइएको छ । सोही अवसरमा कोहलपुरनगरपालिका–१ कोशिलानगरमा रहेको सुपर स्टार तेक्वान्दो डोजाङ्ग क्लबका खेलाडीहरुले पनि आफ्ना गुरूहरुप्रति श्रद्धाभाव प्रकट गरी दिवस मनाएका छन् ।
क्लवमा आवद्ध करिव चार सय बढि खेलाडीहरुले आफ्ना गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पुर्णिमा मनाएको प्रशिक्षक खडक् रोकायले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा तेक्वान्दो डोजाङ्ग संघ प्रदेश नं. ६ का संयोजक श्रीमान थापाले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए ।
सिनीयर खेलाडी तथा प्रशिक्षक डा.देवेन्द आचार्यले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सिनीयर खेलाडी तथा प्रशिक्षहरु नेत्र थापा, मान बहादुर लामिछाने, उत्तम रिमाल, प्रकाश लामिछाने, मोहन वली, महेश थापा,जङ्गविर थारु लगायतको सहभागिता रहेको थियो ।
सो क्लवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु समेत उत्पादन गरिसको छ । तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक महेश थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन अमर रानाले गरेका थिए ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
गुरु पूर्णिमाका दिन खेलकुद, संगीत, चित्रकला, कला लगायत अन्य व्यवसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ । गुरुलाई आमाबुवा सरह मान्ने प्रचलन छ ।









प्रतिक्रिया दिनुहोस्